क्षितिज बहुउद्देश्यीय सहकारी संस्था लि. सिंहावलोकन

अन्तर्राष्ट्रिय सहकारीका मूल्य मान्यता र सिद्धान्तहरुका आधारमा सदस्यहरुमा छरिएर रहेकोे श्रोत र साधनलाई एकीकृत गरी सदस्यहरुका निर्वाचित प्रतिनिधिद्वारा संचालित एवं प्रजातान्त्रिक पद्धतिबाट नियन्त्रित सहकारी संस्थाको माध्यमद्वारा “एकका लागि सवै र सवैका लागि एक” भन्ने मूल सिद्धान्तमा आधारित रही प्रत्येक सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास गर्न यस गाउँपालिकामा एउटा सहकारी संस्थाको आवश्यक भएकोले, सहकारी ऐन, २०७४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी गंगादेव गाउँपालिकाको कार्यालय रोल्पामा  मिति २०७५-१०-२८ गते दर्ता गरी यस क्षितिज बहुउद्देश्यीय सहकारी संस्था लि. सञ्चालनमा ल्याईएको छ ।

यस गाउँपालिका भित्र ६ वटा अन्य सहकारि संस्था डिभिजन सहकारि कार्यालय दाङमा केही वर्ष अगाडि दर्ता भएर पनि गाउँपालिको दराजमा मात्र सिमित रहेको देखिएको र यस गाउँपालिकामा सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधिमा हरेक ब्यक्तिलाई सहजता ल्याई यहाँका जनताको जीवन स्तर माथि उठाउदै छरिएर रहेको पूँजीलाई एकिकृत गरि स्वरोजगारका कार्यक्रमहरु ल्याएर आफै आत्मनिर्भर बन्न सक्ने समाज निर्मण गर्ने अभिप्रायले “ग्रामीण जीवनस्तर र पूँजि विकासको महा–अभियान” भन्ने मूल नाराका साथ यो क्षितिज बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना गरी सञ्चालन  गरिएको छ ।
 

मिशन र भिजन

हाम्रो मिशन

संस्थाको आगामी वर्षका मुख्य–मुख्य लक्ष्यहरु :

हाम्रो भिजन

सदस्यहरूको आर्थिक, सामाजिक तथा प्रविधिक दिगो समृद्धिमा केन्द्रित, प्रतिस्पर्धी र उत्कृष्ट छनोटको वित्तीय संस्था बन्ने