• सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि संस्थाको देहाय बमोजिमको उद्देश्यहरु हुनेछन् :

    • संस्थामा संलग्न सदस्यहरुमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकाश गर्ने ।
    • सदस्यहरुको व्यक्तिगत एवं सामूहिक क्षमता अभिबृद्धि गरी स्वावलम्वी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पु¥याउने ।
    • सदस्यहरुको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरी उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यहरु मार्फत लगानी प्रवद्र्धन गरी छरिएर रहेको राष्ट्रिय पुँजीको उपयोग बढाउने ।
    • सचेत, सशक्ति, सक्षम र समतामूलक न्यायीक समाज निर्माण गर्ने ।
    • सदस्यहरुको दैनिक जीवनका विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामूलक कार्यक्रमहरु संचालन गरी सहकारीताको महत्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने ।
    • खेर गईरहेको श्रम र अव्यवस्थीत आर्थीकलाई व्यवस्थीत गरी योजनावद्ध रोजगारमूलक व्यवसायको श्रृजना गरी सभ्य, सम्पन्न तथा समृद्ध समाजको निर्माण गर्ने ।
    • सदस्यहरुको खाँचो पूर्ति गर्नको लागि एक जुट भई काम गर्न प्रोत्साहित गर्ने ।
    • सदस्यहरुको आर्थिक तथा सामाजिक जिवन स्तर उठाउने खालको कार्य गर्ने ।
    • उत्पादनमूलक कृयाकलापबाट सदस्यहरुको आर्थिक विकास तथा सामाजिक चेतना मार्पmत समुदायीक विकास र आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण र मर्मत संभार गरी सदस्यलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउन मद्दत गर्ने ।
    • सदस्यहरुको आवश्यकता परिपूर्तिको लागी राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैरसरकारी संघ संस्था को सहयोग अनुदान प्राप्त गर्ने तथा प्रारम्भिक संस्था वाहेक वित्तिय संस्थाहरुवाट ऋण लिने दिने गरी संस्थाको संस्थागत संवन्ध विस्तार गर्ने ।